क्यानडाद्वारा उत्तर-डिग्री रोजगारी अनुमती (Post Study Work Permit) योग्यता बिस्तार

 क्यानडाद्वारा कोभिड १९ बाट प्रभाबित बिध्धार्थीहरुको लागि उत्तर-डिग्री रोजगारी अनुमती (Post Study Work Permit) योग्यता बिस्तार गरेको छ । उक्त हेरफेर अनुसार निम्न ब्यवस्था गरेको छ ।

१) अप्रिल ३०, २०२१ सम्म बिध्धार्थी ले स्वदेसबाटै अनलाइन मार्फत पठनपाठन गर्न सक्ने  साथै उक्त अध्ययनलाई उत्तर-डिग्री रोजगारी अनुमती योग्यतामा गणना गर्ने निर्णय गरेको छ । त्यस्का लागि कम्तिमा ५० प्रतिशत पठनपाठन भने क्यानडामा नै गर्नुपर्ने   आवश्यकता हुने छ ।

२) ८ देखी १० महिने शैक्षीक कार्यक्रममा भर्ना भएका बिध्धार्थी जसका कक्षाहरु  २०२० मे  देखी सेप्टेम्बर मा शुरु भएका छन तिनिहरुले सम्पूर्ण कोर्स अनलाइनमा नै पुरा गर्न सक्ने मात्र नभै उत्तर-डिग्री रोजगारी सुबिधा का लागि पनी योग्य हुनेछन । 

३) त्यस्तै सन २०२० मे देखी सेप्टेम्बर मा अध्धयन शुरु गरी ३० अप्रिल २०२१ सम्म अनलाइन मार्फत अध्ययन गरेका बिध्धार्थिले पनि उत्तर-डिग्री रोजगारी अनुमती को लागि आवेदन भर्दा उक्त समयलाई गणना गर्न पाउने भएका छन तर त्यस्का लागि कम्तिमा ५० प्रतिशत पठनपाठन भने क्यानडामा नै गर्नुपर्ने आवश्यकता हुने छ ।



Leave a Reply