युके ले अन्तरराष्ट्रिय बिद्यार्थी भित्राउने योजनाको मिती साविकको भन्दा अगाडि सार्यो

यूके को सन २०२१ जनवरीमा शुरु गर्ने भनिएको अन्तरराष्ट्रिय विद्यार्थीको अध्यागमनको मिती अक्टोबर ५, २०२० को लागि सरेको छ । नयाॅ प्रस्तावित बिद्यार्थी मार्ग (Student Route) र बाल बिद्यार्थी मार्ग (Child Student Route) सुब्यबस्थित भिसा प्रकृया हुन जुन यूके को नयाँ नम्बरमा आधारित अध्यागमन प्रणालिकै पाटो रहेका छन। यसलाई यस अगाडिको टियर फोर मार्ग (Tier 4 Route) को पारीमर्जीत रुप पनि भनिएको छ जसले प्रायोजक शैक्षिक संस्था र बिद्यार्थी को क्षैक्षिक मार्गलाई अझ ब्यब्स्थित गर्ने मानिएको छ । बढी भन्दा बढी बिद्यार्थी ले आफ्नो अध्ययन योजना लाई २०२१ को मार्च महिनामा सारेको कारणले यो योजना ल्याइएको बाताइएको छ । नयाँ कार्यक्रम अनुसार युरोपियन युनियन भित्र र बहिरका सबै बिद्यार्थी ले भिसा आबेदन दिने पाउने छन । यो कार्यक्रम यूके ले २०१९ मा सर्वजनिक गरेको अन्तरराष्ट्रिय शिक्षा रणनितीसँग मिल्दो छ जसानुसार २०३० सम्म ६ लाख अन्तरराlष्ट्रिय बिद्यार्थी भित्राउने लक्ष्य छ । यसलाई हासिल गर्न डिग्री हासिल गरे पछि रोजगारी भिसा दिने व्यवस्थालाई पनि पु:न जगाएको छ ।

(टंकराज बराल)



Leave a Reply